ग्लोबल आइएमई बैङ्कका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैङ्क लिमिटेडका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन्।

बैङ्कले बाग्मती प्रदेशकोकाठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ३, बालुवापाटी र प्रदेश नं. ५ को कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिका वडा नं. २, गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

दुई नयाँशाखाहरु सञ्चालनसँगैबैंकको शाखा कार्यालयहरूको सङ्ख्या २६९ पुगेको छ ।

ग्लोबल आइएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैङ्किङ सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैङ्कले २६९ वटा शाखा, ३७ वटा राजश्व सङ्कलन तथा एक्सटेन्सन काउन्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैङ्किङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय मार्फ़त आफ्ना १८ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x