नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव हुँने

ज्ञानमाण्डू।नेपाल भ्रमण वर्ष २०२० को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । माघ १६ देखि २१ गतेसम्म नारच्याङको बेँसी गाउँमा पर्यटन महोत्सवसँगै अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए । 

अन्नपूर्ण आधार शिविर, रुप्से झरना, अन्धगल्छी, बाजा बजाउने ढुङ्गा, खोप्रा, तातोपानीलगायत गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढाउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको हो । गाउँपालिकाले पर्यटन विकासको लागि पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धनात्मक कार्यलाई सँगसँगै अघि बढाएको अध्यक्ष पुनले जानकारी दिएका छन् । 

सत्तरी वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रचारप्रसार र सञ्चालनका लागि नारच्याङमा पर्यटन महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको नारच्याङदेखि विश्वकै दशौँ र नेपालको नवौँ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्ग निर्माण भएको छ । 

स्थानीय अन्नपूर्ण युवा क्लबको समन्वयमा महोत्सव स्थलमा पूर्वाधार निर्माण सुरु भएको छ । महोत्सवसँगै वडा स्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामूहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिए । 

ती सबै प्रतियोगितामा गाउँपालिकाका आठ वटै वडाको सहभागिता हुने भएको छ । पुरुष भलिबल र बास्केटबलमा विजेता र उपविजेता लाई ट्रफी, प्रमाणपत्र र मेडलसहित रु ७५ हजार र रु ५० हजार पुरस्कार प्रदान गरिने भएको छ । यसै गरी महिला भलिबलको विजेता र उपविजेता लाई ट्रफी, प्रमाणपत्र र मेडलसहित रु ६० हजार र रु ४० हजार तथा प्रौढ भलिबलको विजेता उपविजेता लाई रु ३५ हजार र रु २५ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । 

सामूहिक नृत्य प्रतियोगिताको विजेतालाई २० र उपविजेता लाई रु १८ हजार तथा एकल नृत्यमा विजेतालाई रु १० हजार र उपविजेता लाई रु छ हजार पुरस्कार दिइने आर्थिक संयोजक आत्मा तुलाचनले जनाएका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x