आइसिसी वरीयतामा नेपाल १८ औँ स्थानमा

ज्ञानमाण्डू।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको एक दिवसीय वरीयतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ। 

नयाँ वरीयतामा नेपालले १९ रेटिङ अङ्क पाएको छ । अघिल्लो महिनाको वरीयतामा नेपाल एक स्थान तल झर्दै १८ औँ स्थानमा पुगेको थियो । हाल नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्यु गिनी रहेको छ । युएई १९ तथा पपुवा न्यु गिनी २० औँ स्थानमा छन् । 

नयाँ वरीयतामा इङल्यान्ड शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । त्यसै गरी न्युज ल्यान्ड तेस्रो, अस्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छ । यता टी–ट्वान्टी वरीयतामा भने नेपाल १२औँ स्थानमा छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x