विद्यावारिधि गर्नेलाई छात्रवृत्ति

ज्ञानमाण्डू।झापाको मेचीनगर नगरपालिकाले विद्यावारिधि (पिएचडी) अध्ययनका लागि नगर क्षेत्रका दुई विद्यार्थीलाई नगद रु ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । मेचीनगर–११ का विष्णु रिमालले राजनीतिक शास्त्रमा र मेचीनगर–९ का सम्पर्कबाबु सिलवालले जल विज्ञानसम्बन्धी विषयमा विद्यावारिधिका लागि सो छात्रवृत्ति प्राप्त गरेका हुन् । 

मेचीनगर नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षामा विपन्न, जेहेन्दार र दलित विद्यार्थीलाई यस अघिदेखि नै छात्रवृत्ति प्रदान गर्दै आए तापनि विद्यावारिधि तहमा पहिलो पटक प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका उपप्रमुख मिना उप्रेतीले जानकारी दिए । 

नगरपालिकाले झापा विद्रोहका शहीद वीरेन राजवंशीको स्मृतिमा प्रत्येक वर्ष कूल रु १० लाखको विपन्न तथा दलित छात्रवृत्ति वितरण गर्दै आएको छ । सो छात्रवृत्ति गत आर्थिक वर्षमा प्राविधिक विषयमा अध्ययनरत ४७८ जनालाई वितरण गरिएको नगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताएका छन् । 

उनका अनुसार कक्षा ११ र १२ मा पशु तथा कृषि विज्ञान पढ्ने विद्यार्थीलाई गैरदलित भए रु दुई हजार ५०० र दलित भए रु तीन हजारका दरले वार्षिक छात्रवृत्ति वितरण गरिएको छ । नगरपालिकाले प्राविधिक विषयमा स्नातक र स्नातकोत्तर नगरका विद्यार्थीलाई नगद रु पाँच हजारका दरले रकम प्रदान गरेको बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x