न्यूजील्यान्डको अकल्यान्डमा जनजीवन सहज

ज्ञानमाण्डू।न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले न्यूजील्यान्डको अकल्यान्डमा कोरोनाभाइरस संक्रमण दरमा उल्लेखनीय रुपमा सुधार आएको भन्दै निषेधाज्ञाहरु खुकुलो बनाइएको घोषणा गरेकी छन् । 

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डेनले न्यूजील्यान्डले कोरोनाभाइरसलाई फेरि पनि परास्त गरेको बताइन् । प्रधानमन्त्री आर्डेनलेकोरोना संक्रमण बढेलगत्तै अकल्यान्डमा लगाइएका निषेधाज्ञाहरु यसै साताबाट खुकुलो बनाइने जानकारी दिइन् । 

प्रधानमन्त्री आर्डेनले विगत १२ दिनदेखि अकल्यान्ड शहरमा नयाँ रोगी नदेखिएको पनि बताइन् । 

सेप्टेम्बरको अन्त्यमा आर्डेनले न्यूजील्यान्डमा कोरोना संक्रमण देखिएको भन्दै प्रतिबन्धहरु घोषणा गरेकी थिइन् । 

न्यूजील्यान्डका स्वास्थ्य मन्त्रीले विगत २४ घण्टाको अवधिमा एक व्यक्तिमा मात्र कोरोनाभाइरस संक्रमण देखिएको बताए । देशभित्र हाल ४० जना संक्रिय संक्रमित छन् ।रासस 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x