औद्योगिक व्यापार मेला अन्तर्गत खुला नृत्य प्रतियोगिताका साथै विटुवि र विटुसि मिटिङ

ज्ञानमाण्डू।समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाअन्तर्गत गरिएको खुला नृत्य प्रतियोगितामा अमृता सुनारले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् । 

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा नयाँ बजारमा आयोजित प्रतियोगितामा गणेश तामाङ दोस्रो, विवश जालन्धर तेस्रो र सरिता दानकोटीले सान्त्वना स्थान प्राप्त गरिन् । विजेताहरूलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार, रु पाँच हजार र रु दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा उत्कृष्ट नृत्य निर्देशतर्फ राहुल थापा घोषित भई रु दुई हजार नगदसहित र प्रमाणपत्र प्राप्त गरेका छन् । 

यसैबिच जारी मेलाको समापनका अवसरमा लोकदोहोरी तथा पञ्चेबाजा प्रतियोगिताको अन्तिम निर्णय हुने आयोजकले जनाएको छ । दाजु बहिनी समूह काठमाडौँ र लोकदोहोरी प्रतिष्ठान गण्डकीले प्रतिस्पर्धा गर्दै छन् । सङ्घका महासचिव अर्जुन पोखरेलका अनुसार आइतबारसम्म करिब ९० हजारले मेलाको अवलोकन गरेका छन् । 

मेलामा विटुवि र विटुसि मिटिङ: 
पोखरा उद्योग वाणिज्य सङ्घले मेलाका अवसरमा आइतबार विटुवि र विटुसि मिटिङको पनि आयोजना गरियो । व्यवसायी–व्यवसायी तथा व्यवसायी र क्रेताबिच उक्त कार्यक्रमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाका शाखा अधिकृत जगन्नाथ पाण्डेले गरेका थिए । उत्पादकले क्रेताको मनोभावना र चाहनाअनुसारका उत्पादनमा ध्यान दिनुपर्नेमा पाण्डेले जोड दिए । बिक्रेताबिचको सम्बन्धले पनि व्यापार बढ्ने उनको भनाइ छ । 

सङ्घका वरिष्ठ उपाध्यक्ष नारायण कोइराले उद्यमशीलता सिकाउनु तथा व्यवसायीमा प्रतिस्पर्धी क्षमताको विकास गराउन सङ्घले यस किसिमको मिटिङ राखेको जानकारी दिए । कार्यक्रम संयोजक तथा सङ्घका उप महासचिव चिनुकुमारी गुरुङले आफ्ना उत्पादन तथा सेवाको गुणस्तर कायम गराउन सकिए मात्र व्यवसाय विस्तार हुने बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x