आज देखि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड –१ निष्कासनमा


ज्ञानमाण्डू। ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड –१ असार २२ गते (आज) देखि निष्कासन गरेको छ। ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड –१ काे निष्कासन बन्द हुने मिति (छिटोमा) असार २६ रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा साउन ४ गते सम्म आवेदन म्याद थपिने कम्पनीले जनाएकाे छ।

कम्पनीले निष्कासन गर्न लागेकाे कुल इकाई १२ कराेड मध्ये ६ करोड इकाई न्युनतम विक्री हुनुपर्ने आह्वान पत्रमा उल्लेख गरिएकाे कम्पनीले जनाएकाे छ। कुल बिक्री भएकाे इकाई सङ्ख्याकाे न्यूनतम १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई १.५० प्रतिशत अर्थात १८ लाख इकाई तथा कोष प्रबन्धक कम्पनी ग्लोबल आइएमई बैंक लिमिटेडलाई १३.५० प्रतिशत वा १ करोड ६२ लाख सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको कम्पनीले जनाएकाे छ ।

सो कम्पनीले प्रति इकाई मूल्य रू. १०/- अंकितका दरले न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेकाे जनाएकाे छ ।

यस फण्डकाे इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका र आस्वा (ASBA) सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यलयहरूबाट पनि आवेदन पेस गर्न सकिनेछ।

यस फण्डकाे धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटल रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x