बैंक तथा वित्तीय संस्थाहरूले सूचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समूह गठन गर्नुपर्ने


ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली बिभागले एक निर्देशन जारीगर्दै बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित सम्पूर्ण ए.टि.एम. बुथहरुमा २४ सै घण्टा अनिवार्यरुपमा सुरक्षा गार्डको व्यवस्था गरी बुथहरूको विशेष निगरानी गर्नु पर्ने, ए.टि.एम. बुथहरुमा कुनै व्यक्ति वा समुहबाट शंकास्पद गतिविधी भएको शंका लागेमा यथाशीघ्र संस्थाले तोकेको पदाधिकारी निकायमा तत्काल सूचित गर्ने व्यवस्था मिलाउनु पर्ने व्यवस्था गरेको छ।

त्यस्तै भुक्तानी प्रणाली परीक्षण (System Audit) बाट प्राप्त भएका कैफियतहरु यथाशीघ्र सुधार गरी नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागमा जानकारी गराउनु पर्ने, हरेक बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समूह (Information Technology Incident Response Team) गठन गरी कार्यान्वयनमा ल्याई सोको जानकारी नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागमा गराउनु पर्ने तथा बैंक तथा वित्तीय संस्थाको प्रणालीमा कुनै किसिमको साइबर आक्रमण, शंकास्पद गतिविधी वा अनाधिकृत पहुँच भएमा अविलम्ब सोको जानकारी नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागमा गराउनु पर्ने व्यवस्था समेत जारी निर्देशनद्वारा गरिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x