दशैंका लागि खुल्यो अग्रिम टिकट बूकिङ, कुन गन्तव्यमा जान कती छ त भाडा दर?

ज्ञानमाण्डू। हिन्दुहरूको महान् चाडलाई दसैँका लागि लक्षित गर्दै आजदेखि बसको टिकट बुकिङ खुला गरिएको छ । राजधानी काठमाडौँबाट मुलुकका विभिन्न गन्तव्यतर्फ जाने यात्रुको सङ्ख्या अन्य समयको भन्दा अत्यधिक हुने भएकाले चाडपर्वको समयमा हरेक वर्ष झैँ आज आइतबारदेखि यात्रुहरुकालागि बसको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ ।

यात्रुको चापलाई ध्यानमा राख्दै गत भदौ २६ गते यातायात विभागमा बसेको व्यवसायी तथा प्रहरीको संयुक्त बैठकले असोज ५ गतेदेखि बुकिङ खुला गर्ने निर्णय गरेको थियो । यात्रुहरूको सहजताका लागि १४ स्थानमा सहायता कक्ष समेत स्थापना गरिएको विभागले जनाएको छ । दसैँ मनाउन यस वर्ष उपत्यकाबाट २० लाखभन्दा बढी मानिस बाहिरिने आकलन गरिएको छ।

यसका साथै व्यवसायीहरू पुरानै भाडामा दसैँको टिकट बुकिङ खोल्न सहमत भएका छन्। गत वर्ष १० प्रतिशत भाडा बढाएर मात्रै बुकिङ खुल्ला गरिएको थियो। यो वर्ष भने हाल कायम भएको भाडा दरमै टिकट बुकिङ खोलिएको यातायात व्यवस्था विभागले जनाएको छ।

बुकिङ खुलेपछि बसपार्कमा टिकट काट्ने यात्रु लाम बद्ध भएका छन् । टिकट काउन्टरहरूमा बिहानैदेखि भीड लागेको छ । गोङ्गबुस्थित नयाँ बसपार्क, कलङ्की, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, चाबहिल, स्वयम्भू, सुनधारा, लगनखेल लगायतका स्थानबाट टिकट बुकिङ गर्न सकिन्छ ।

सार्वजनिक यात्रुवाहक सवारी साधनको लागि तोकिएको भाडा दर: 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x