सानिमा बैंकको दुई बचत खातामा बीमाको सुविधा

ज्ञानमाण्डू।सानिमा बैंकले दुई नयाँ बतच खाता सानिमा दीर्घायु बचत खाता र सानिमा दीर्घायु तलब खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले बचतकर्ताहरुका लागि स्वास्थ्य परिक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता सञ्चालनमा ल्याएको हो ।

यस योजनाअन्तर्गत बैंकले तोकेका अस्पतालहरुवाट ग्राहकले ५ हजारको बार्षिक स्वास्थ्य परिक्षण सुविधा लिन सक्नेछन् । साथै, नेपाल र भारतमा हुने उपचारमा एक लाख सम्मको औषधि उपचार बीमा सुविधा लिन सकिने बैंकले जनाएको छ ।

त्यसैगरी, यदी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ लाख बीमा रकम दाबी गर्न सकिने बैंकले जनाएको छ ।

यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको ३ लाख रुपैयाँ बीमा तथा २५ हजारको मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने जनाएको छ ।
Image result for sanima bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x