ग्रानडा विरुद्धको खेलामा बार्सिलोना स्तब्ध

ज्ञानमाण्डू। स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिवार राति भएको खेलमा ग्रानडासंग बार्सिलोना २–० गोल अन्तरले पराजित भएको छ । बार्सिलोनालाई स्तब्ध बनाउन घरेलु टोलीका रामन अजिज र अल्भरो भाडिलोले गोल गरे । ला लिगाको नयाँ सिजनका सुरुवाती ५ खेलमा बार्सिलोनाले यो दोस्रो हार बेहोरेको छ । यसअघि बार्सिलोना एथ्लेटिको बिल्वाओसँग १–० ले पराजित भएको थियो ।
घरेलु मैदानमा ग्रानडाले दोस्रो मिनेटमा रोमन अजिजको हेड गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको ६६ औ मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमा गोल गर्दै टोलीको जित निश्चित गरेका थिए ।खेलको दोस्रो हाफमा बार्सिलोनाका प्रशिक्षकले लियोनल मेस्सी र अंशु फातीलाई मैदानमा उतारेका थिए । तर दुई महत्त्वपूर्ण खेलाडी मैदान उतारे पनि बार्सिलोनाले हार टार्न भने सकेनन् ।
जितसँगै ग्रानडा ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । ग्रानडाको ५ खेलबाट १० अङ्क रहेको छ । पराजित बार्सिलोना ५ खेलबाट ७ अङ्क जोडेर सातौँ स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x