समीट लघुवित्तकाे नाफा ११ करोड ७४ लाख १६ हजार


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले १० कराेड १ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ११ कराेड ७४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको समीट लघुवित्तले ५ अर्ब ८३ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, समीट लघुवित्तले ३ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २२ करोड ५३ लाख रुपैयाँ रहेको छ।

समीट लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४१.६ प्रतिशतले बढेर २६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.७६ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x