सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता

ज्ञानमाण्डू।सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.बीच गाडी खरिद विक्रीका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले भारतको प्रसिद्ध टाटा ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग बाट नयाँ गाडी खरीद गर्न चाहेमा बैंकका शाखा कार्यालयहरुबाट कर्जा प्राप्त गर्न सक्नेछन् ।

भृकुटी मण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने अटो शोमा यस बैकको स्टल न २० बाट थप जानकारी लिनका लागि बैंकले जानकारी समेत दिएको छ ।

हालसम्म बैंकले ८६ शाखा कार्यलयबाट आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x