ग्लोबल आई.एम.ई.बैङ्क लि. र मुसिकोट नगरपालिका बिच सम्झौता

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लि. र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका बीच कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्थानिय कृषकहरुलाई ग्लोबल आइएमई बैंक लि  मार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैङ्कलाई भुक्तानी गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । स्थानिय कृषि व्यवसायको प्रर्वद्धनमा सहयोग पु¥याउने तथा कृषकहरुलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने उदेश्यले ग्लोबल आइएमई बैंक लि. र  मुसिकोट नगरपालिका बीचमा दुईपक्षीय सम्झौता गरिएको हो । उक्त सम्झौता पश्चात छनौट भएका कृषकहरुले आवश्यक कागजपत्र पुरा गरेपश्चात बैंक नियमानुसार न्यूनतम २ लाख देखि अधिकतम १० लाख सम्मको ऋण सुविधा उपयोग गर्न पाउने छन ।  
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x