एट्लेटिको मड्रिडद्वारा युभेन्ट्स २–१ ले पराजित

ज्ञानमाण्डू।इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत शनिवार राति भएको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले इटालियन क्लब युभेन्ट्सलाई हराएको छ । स्विडेनस्थित फ्रेन्डस् एरिना सोल्नामा भएको खेलमा एट्लेटिकोले युभेन्टसलाई २–१ ले पराजित गरेको हो । एट्लेटिकोलाई जित दिलाउन जोओ फेलिक्सले दुई गोल गरे भ्नए यता जवाफी गोल फर्क्याउन असफल रहेको युभेन्ट्सका लागि भने सामी खेडिराले एक गोल गरे । 

थोमस लेमारको गोलमार्फत खेलको २४ औँ मिनेटमा एट्लेटिकोले अग्रता लिन सफल रह्यो । युभेन्ट्सका लागि मात्र पाँच मिनेटको अन्तराल पश्चात् खेडिराले २९ औँ मिनेटमा जवाफी गोल फर्क्याउन सफल रहे । तर, खेलको ३३ औँ मिनेटमा फेलिक्सले एट्लेटिकोका लागि खेलको दोस्रो गोल गर्दै २-१ को दोब्बर अग्रता दिलाए  ।

युभेन्ट्सले दोस्रो हाफको अन्तराल सम्म पनि थप गोल निकाल्न नसक्दा,एट्लेटिको २–१ ले विजयी हुन सफल भयो । जितसँगै एट्लेटिकोले ६ खेलमा ६ जित निकाल्दै प्रि-सिजन टुर सकाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x