भूकम्पबाट प्रभावित ४ लाख अधिक निजी आवासको पुनर्निर्माण सम्पन्न, कुन जिल्लामा कति, सङ्ख्य विवरण सहित ?

ज्ञानमाण्डू। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्रभावित ६ लाख ४४ हजार २९१ गृहस्थी मध्य ४ लाख २४ हजार ९७७ लाभग्राहीहरुको घर पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा राखिएको तथ्याङ्कअनुसार यसमा बाँकी २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार कुल मध्य ८३ प्रतिशत प्रभावित निजी आवासको पुनर्निर्माण कार्य सकिएको छ ।

पुनर्निर्माण प्राधिकरणका अनुसार, निजी आवास पुनर्निर्माणका लागि सम्झौता गरेका ७ लाख ७३ हजार ४४७ मध्ये ७ लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने ५ लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको सङ्ख्या ४ लाख ७४ हजार ११९ छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्प प्रभावितको सूचीमा दर्ता भएका ८ लाख २७ हजार १२ मध्य सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन् । सिन्धुपाल्चोकमा ६७ हजार ८३४ घर पुनर्निर्माण भएका छन् । त्यसै गरी, दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६१३ घर पुनर्निर्माण भएका छन् । धादिङमा ४८ हजार ४५४, दोलखामा ४४ हजार ५३३ र गोरखामा ४४ हजार २३१ घर पुनर्निर्माण भएका छन् । साथै रामेछापमा ३० हजार ७११, काभ्रेपलान्चोकमा ३० हजार ८७७, सिन्धुलीमा १२ हजार ५८२, मकवानपुरमा १३ हजार ०७०, ओखलढुङ्गामा १५ हजार ७७२ र रसुवामा १० हजार ४१८ घर पुनर्निर्माण भएका छन् । त्यस्तै, कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५२५ घर पुनर्निर्माण भएका छन् ।

जिल्लागत रूपमा पुनर्निर्माण प्रगति यस प्रकार रहेको छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x