मर्जर तथा एक्यूजिशन सम्मेलन हुने

ज्ञानमाण्डू।एआइएमटी ट्रेनिंग सोलुशनस र साइन्टिफिक लर्निङ्ग सेन्टरको संयुक्त आयोजनामा मर्जर तथा एक्यूजिशन सम्मेलन हुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्यूजिशन सम्बन्धमा बहस चलिरहेका बेला काठमाडौंमा हुन लागेको यो सम्मेलन सर्वाधिक महत्वको मानिएको छ । ललितपुरको समिट होटलमा २०७६ साल श्रावण १० गते दिउसो १ बजेबाट हुने सो सम्मेलनमा नेपाल राष्ट्र बैंकका कामु कार्यकारी निर्देशक बम बहादुर मिश्र, पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनी, जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवंर क्षेत्री र ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली वक्ताको रुपमा  रहेका छन् भने दिपक बाबु अर्यालले मोडरेटरको भूमिका निर्वाह गर्ने कुरा आयोजकले जनाएका छन् । 

मर्जर तथा एक्यूजिशनको ग्लोबल परिबेश, मर्जर नीति, नेपाली बैंक तथा वित्तीय संस्थाहरुमा मर्जर तथा एक्यूजिशनको असर तथा चुनौति, बैंक तथा वित्तीय संस्थाको दक्षयतामा मर्जर तथा एक्यूजिशनले पार्ने प्रभाव आदि विषयमा केन्द्रित हुने सो सम्मेलन समय सापेक्ष रहेकोले उपयोगी र सान्दर्भिक हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x