माछापुच्छ्रे बैंकको नाफा ८२ कराेड १८ लाख



ज्ञानमाण्डू। माछापुच्छ्रे बैंकको नाफा ५.१८ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ७८ करोड १३ लाख नाफा कमाएको थियो भने अहिले ८२ कराेड १८ लाख नाफा कमाएको देखिन्छ । 

८ अर्ब ४५ करोड ८४ लाख ७८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको माछापुच्छ्रे बैंकले ९७ अर्ब ५२ करोड ३९ लाख ३ हजार रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब ५४ करोड ६६ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) २ अर्ब ६६ करोड ५८ लाख ७९ हजार रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७.११ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ६८ लाख ७६ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.४५ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८८ पैसा छ र मूल्य आम्दानी अनुपात ११.७८  गुणा छ ।

As on  29th Poush 2076 BS


विवरण
दोस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू ८,४५,८४,७८
निक्षेप संकलन
रू ९७,५२,३९,०३
कर्जा लगानी
रू ८७,५४,६६,१९
खुद ब्याज आम्दानी
रू १,९८,६८,७६
नाफा/(नाेक्सान)
रू ८२,१८,५०
जगेडा कोष
रू २,०५,४९,६९
संचित मुनाफा
रू ६१,०९,१०
निष्कृय कर्जा
०.४५%
प्रतिशेयर आम्दानी
१९ रुपैयाँ ४३ पैसा
प्रतिशेयर नेटवर्थ
१३१ रुपैयाँ ८८ पैसा
आम्दानी अनुपात
११.७८ गुणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x