सिटिजन्स बैङ्कले सहयोगी विकास बैङ्कलाई प्राप्ति गर्ने

ज्ञानमाण्डू।सिटिजन्स बैङ्कले सहयोगी विकास बैङ्कलाई प्राप्ति गर्ने भएको छ । यी दुई बैङ्कले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । सटिजन्स बैङ्कले आज नारायणहिटी पथ स्थित आफ्नो मुख्य कार्यालयमा एक कार्यक्रमबिच सहयोगी विकास बैङ्कसँग प्राप्तिको सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैङ्कको तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्र कुमार कार्की र सहयोगी विकास बैङ्क लिमिटेडका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्लीप्रकाश घिमिरेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
प्रारम्भिक सहमति अनुसार सहयोगी विकास बैङ्कले एक कित्ता बराबर ९० रुपैयाँ पाउने छ तथा वास्तविक शेयर स्वाप रेसियो विस्तृत मूल्याङ्कन प्रतिवेदन (डीडीए)द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ ।

२०७६ असार २१ गते सम्मको तथ्याङ्कको आधारमा सिटिजन्स बैङ्कले सहयोगी विकास बैङ्कलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ७५ अरब ६८ करोड रुपैयाँ पुग्ने छ भने सर्वसाधारणमा दिएको ऋण लगानी ६८ अरब ४७ करोड रुपैयाँ पुग्ने छ । हालको सिटिजन्स बैङ्कको चुक्तापूँजी ८ अरब ३७ करोड रुपैयाँ रहेको छ भने सहयोगी विकास बैङ्कको चुक्तापूँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको छ ।

धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगी विकास बैङ्कले १४ वटा शाखाहरू बाट बैङ्किङ सेवाहरू प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x