बायर्न म्युनिख जर्मन कपको उपाधि उचाल्न सफल


ज्ञानमाण्डू।बायर्न म्युनिखले जर्मन कपको फाइनलमा लिपजिगलाई पराजित गर्दै उपाधि हात परेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले लिपजिगलाई ३-० गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि उचाल्न सफल भएको हो । लगातार सातौ पटक लिग च्याम्पियन बनेको बार्यनले १९ औ पटक जर्मन कपको उपाधि उचालेको छ । बायर्नलाई उपाधि दिलाउनका लागि रोबेर्टो लेवान्डोस्कीले दुई गोल साथै किंग्स कोम्यानको एक गोलको योगदान रह्यो ।


बार्यनले खेलको २९औं मिनेटमा रोबर्ट लिबान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । निर्धरित पहिलो हाफमा एक गोलले अघि रहेको बायर्नले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ७८ औ मिनेटमा किंग्सले कोम्यानले बार्यनको अग्रतालाई दोब्बर पारेका थिए । २-० गोलको अग्रता लिएको बार्यनले ८५ औ मिनेटमा फेरी लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो गोलका साथ जित सुनिश्चित गर्न सफल बन्यो ।

फ्रयाङ रिबेरी,यसै सिजन क्लब छाड्ने निर्णय गरेका बार्यनका मिड्फिल् डर उपाधि सहित जर्मन क्लबबाट बिदाई लिएका छन्। प्रशिक्षक निको कोभिकले बार्यनका लागि घरेलु प्रतियोगितामा एकै सिजन दुई उपाधि हात पार्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x