त्रिशूली नदीमा रोमञ्चकारी कायक च्याम्पियनसीप

ज्ञानमाण्डू।नेपाल भ्रमण वर्ष २०२० को अवसरमा त्रिशूली नदीमा कायक च्याम्पियनसिप प्रतियोगिता २०२० आयोजना गरिएको छ । चितवनको इच्छा कामना–३ फिस्लङस्थित त्रिशूली नदीमा शुक्रवार र शनिवार दुई दिन प्रतियोगिता सम्पन्न भएका थिए । 

देशभरका ३१ प्रतियोगी सो प्रतियोगितामा रञ्जन कँडेल प्रथम, मोहन राना द्वितीय र सुमन तामाङ तृतीय भएका छन् । विभिन्न तीन विधामा सम्पन्न सो प्रतियोगितामा छ सय पूर्णाङ्कमा ४९० अङ्क ल्याई कँडेल प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । 

राना र तामाङले क्रमशः ४७० र ४३० अङ्क प्राप्त गर्नुभएको थियो । प्रथम,द्वितीय र तृतीय हुनेलाई रु २५ हजार, २० हजार र १५ हजार सहित र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यागत प्रतियोगितातर्फ स्प्रिन्टमा मोहन राना प्रथम, शक्तिकुमार गुरुङ द्वितीय र रञ्जन कँडेल तृतीय र हेड टु हेडमा डम्बरबहादुर पुर्वाछाने प्रथम, मोहन राना द्वितीय र सुमन तामाङ तृतीय भएका छन्  । फ्रिस्टाइलमा रञ्जन कँडेल प्रथम, सुमन तामाङ द्वितीय र मोहन राना तृतीय भएका छन् । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामनामा पर्यटक वृद्धि गराउन यस प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले यहाँ देश विदेशबाट समेत रिभर गाइड तालीम लिन आउने गरेको भन्दै र्याफ्टिङ र यससम्बन्धी खेललाई व्यापक बनाउन प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । 

नेपाल र्याफ्ट एन्ड कायक क्लब फिस्लिङका अध्यक्ष मिलन गुरुङले भ्रमण वर्षको अवसरमा गाउँपालिकाले सुरु गरेको भिजिट इच्छा कामनालाई सहयोग पुर्‍याउन प्रतियोगिता आयोजना गरिएको बताए । नेपाल र्याफ्ट एन्ड कायक क्लब फिस्लिङको आयोजनामा सम्पन्न प्रतियोगिताका प्रवर्द्धक इच्छा कामना गाउँपालिका रहेको थियो । इच्छा कामना–३ फिस्लिङस्थित त्रिशूली नदी र्याफ्टिङ र यससम्बन्धी प्रतियोगिताका लागि महत्त्वपूर्ण मानिन्छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x