कान्तिपुर हिसान शैक्षिक मेला आजदेखि सुरु

ज्ञानमाण्डू।काठमाडौंमा आजबाट छैटौं हिसान एडु फेयर (शैक्षिक मेला) सुरु भएको छ । 'उत्कृष्ट शिक्षा नेपालमै' नाराका साथ कान्तिपुर हिसान शैक्षिक मेला बिहीबारदेखि सुरु भएको हो। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले संयुक्त आयोजना हुने मेलाको यो छैटौं संस्करण हो।
प्रदर्शनीमार्ग स्थित भृकुटिमण्डपमा सुरु भएको शैक्षिक मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा  उद्घाटन भएको छ ।पछिल्ला वर्षहरु उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीलाई स्वदेशमै अन्तराष्ट्रिय स्तरको शिक्षा दिने वातावरण बनाउन सरकारले ठोस योजना ल्याउने बताउँदै प्रधानमन्त्री ओलीले यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न सरकार तयार रहेको विचार जाहिर गरे ।  

'कान्तिपुर हिसान एडुफेयर–२०१९' मेला आगामी आइतबारसम्म चल्नेछ । एसईई, कक्षा ११ र १२ को परीक्षा दिएर बसेका तथा विश्वविद्यालय पढ्ने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।

मेलामा स्वेदशमै सुचारु शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाबारेमा सत्य, तथ्य र यथार्थ जानकारी र कुन विषय किन पढ्ने, विषय छनोटजस्ता अन्योलबारे विद्यार्थीलाई जानकारी तथा परामर्श दिइरहेका छन्। 
४ दिनसम्म चल्ने शैक्षिक मेलामा राजधानीका उत्कृष्ठ कलेज, विद्यालयहरुको सहभागिता रहेको छ । शैक्षिक मेलामा विद्यार्थीले देशका उत्कृष्ठ विद्यालय, कलेजका पाठ्यक्रम, कलेजको भौतिक, शैक्षिक, आर्थिक अवस्था आफुले पढ्न चाहेका विषयका बारेमा विज्ञहरुबाट परामर्श लिन सक्नेछन् ।

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यलय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सम्बन्धनमा सञ्चालित १ सय ५० भन्दा बढी शैक्षिक संस्थाको सहभागिता रहेको छ । विभिन्न संस्थाको प्रस्तुतिका साथै विज्ञहरूको सहभागिता शिक्षा तथा प्रविधिलगायत विविध शैक्षिक जानकारीमूलक र विषयगत सेमिनारसमेत छन्। अवलोकनका निम्ति निःशुल्क प्रवेशको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x