धितोपत्र बजारमा गिरावट, नेप्से २८७६.७४ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोर अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६० अंकले घटेर २८७६ दशमलव ७४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव २५ अंकले घटेर ५३९ दशमलव ६५ को विन्दुमा पुगेको छ।


आज कूल २२४ कम्पनीका १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर रु ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ मा खरिद बिक्री भए।


कारोबार भएका कूल १३ उपसमूह मध्ये जलविद्युत उपसमूह ६ दशमलव १६ अङ्कलेनिर्जीवन बीमा १२.१७ अङ्कले बढेका छन्। यता, अन्य उपसमूह ९ दशमलव ३ अङ्कले घट्दा, लघुवित्त उपसमूह ५४.३३ अङ्कले, लगानी उपसमूह ०.५७ अङ्कले, होटल तथा पर्यटन उपसमूह ३८.६४ अङ्कले , जीवन बीमा उपसमूह १७२.७४ अङ्कले, सामूहिक लगानी कोष उपसमूह ० दशमलव १ अङ्कले, उत्पादन उपसमूह ७९.४१ अङ्कले, विकास बैंक उपसमूह ५४.२९ अङ्कले, वित्त उपसमूह ३३.७१ अङ्कले, ट्रेडिङ उपसमूह २२.८७ अङ्कले बैंकिङ उपसमूह ६.१८ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x