नेशनल लाइफको नयाँ शाखा कोहलपुरमा साथै नयाँ बीमा योजना पनि सार्वजनिक

ज्ञानमाण्डू। नेशनल ललाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोहलपुर शाखाको उद्घाटन गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले कोहलपुर शाखा कार्यालयको उद्घाटन गरेका छन् । कोहलपुर शाखा कम्पनीको १०० औँ शाखा कार्यालय हो ।साथै कम्पनीले शाखा कार्यालय उद्घाटन कार्यक्रमका अवसरमा  नयाँ बीमा योजना अमृत श्री नामक अग्रिम भुक्तानी /आजीवन बीमा योजना सञ्चालनमा ल्याएको छ ।
बीमा समितीका कार्यकारी निर्देशक राजुरमण पौडेल समेत उपस्थित कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बीमा प्रति आमनागरिकको विश्वास बढ्दै गईरहेको, नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत जनताले बीमा गरेको जानकारी गराए साथै बीमा गाउँ केन्द्रित हुन आवश्यक रहेको उल्लेख गरे ।
बार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष चापागाईले देशको आर्थिक विकासका लागि छरिएर रहेको पूँजीको एकिकृत गरी बीमा मार्फत सहि ठाउँमा प्रयोग भइरहेको प्रस्ट पनरे विगतमा बीमा भुक्तानीमा केहि समस्या आईरहेको भएपनि अब बीमाबाट पाउनुपर्ने रकमको भुक्तानीमा कुनै समस्या नआउने अवस्था सिर्जना भएको र नेपालका सबै स्थानिय सरकारसँग सहकार्य गरी र्निजीवन बीमा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिकिकरण गर्न र बीमा सेवालाई गाउँगाउँमा पु¥याउन आवश्यक रहेको विचार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x