नेपाल टेलिकमकाे लिज कनेक्टिभिटी (Lease Connectivity) को नयाँ महशुल दर



ज्ञानमाण्डू। नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटी (Lease Connectivity) को नयाँ महशुल दर कायम गरिएको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट (Internet) तथा इन्ट्रानेट (Intranet) दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको कम्पनीले जनाएकाे छ ।


इन्टरनेट (Internet) लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले रु. २,५००। रहेकोमा अब रु. १,६००। मात्र हुने कम्पनीले जनाएकाे छ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि रु. २,३००। बाट घटाएर रु. १,६००। नै कायम गरिएको कम्पनीले बताएकाे छ

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः रु. २,१००। र रु. १,९००। रहेकोमा अब दुवैको महशुल दर रु. १,५००। कायम गरिएको कम्पनीले जनाएकाे छ

इन्ट्रानेट (Intranet) लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल रु. २,७००। रहेकोमा अब रु. २,४००।, ११ देखि १०० एमबीपीएसको रु. २,४००। रहेकोमा अब रु. २,१००। र १०० एमबीपीएस भन्दा बढीको रु. २,१००। रहेकोमा अब रु. १,८००। कायम गरिएको कम्पनीले जनाएकाे छ

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैँ बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहने कम्पनीले जनाएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x