श्रमिक आपूर्तिकर्ताको इजाजत लिन भोलि अर्थात २०७५ साल पौष ७ गते भित्र निवेदन दिनु पर्ने


ज्ञानमाण्डू। श्रम ऐन, २०७४, श्रम नियमावली,२०७५ तथा सो सम्बन्धमा नेपाल सरकारबाट जारी सूचना बमोजिम श्रमिक आपूर्ति गर्न चाहने कम्पनीले इजाजतलिनु पर्ने ब्यवस्था बमोजिम २०७५ साल पौष ७ गते भित्र श्रम तथा ब्यवसायजन्य सुरक्षा विभाग वा सम्बन्धित श्रम तथा रोजगार कार्यालयबाट इजाजत लिन श्रम तथा ब्यवसायजन्य सुरक्षा विभागले मिति २०७५ साल मंसिर ११ गते सुचना प्रकाशित गरी सूचित गरेकोमा २०७५ साल मंसिर ११ गते सुचना प्रकाशित हुनु अगावै सो विभागमा श्रमिक आपूर्ति गर्ने इजाजतको लागि निवेदन दर्ता गरेका कम्पनीहरुले पनि पुनः निवेदन दर्ता गराउन पर्ने भएको भनी सो विभागले मिति २०७५ साल पौष २ गते पुनः सूचना प्रकाशित गर्दै २०७५ साल पौष ७ गते भित्र सो विभागमा सम्पर्क गरी निवेदन दर्ता गराउन सूचित गरेको छ ।  

यसै वीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिति २०७५ साल मंसिर १० गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विभिन्न ११ वटा श्रम तथा रोजगार कार्यालयको कार्यक्षेत्र भित्र पर्ने जिल्लाहरु तोकेको छ । 

पुरा विवरणका लागि http://dol.gov.np/site/news/23मा क्लिक गर्नुहोस् ।

यो पनि हेर्नुहोस: https://www.gyanmandu.com/2018/12/labour.html

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x