अनलाईन स्टोरबाट समान खरिद गर्दा जनता बैंकको भीसा कार्डमार्फत तुरुन्त भुक्तानी गर्न सकिने


ज्ञानमाण्डू। ईन्टरनेटको प्रयोगमा भएको बृद्धीसंगै सोको माध्यमद्धारा बजारमा बिभिन्न किसिमका बस्तु तथा सेवाको खरिद बिक्रि पनि बढ्दो क्रममा रहेको छ । समय अनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई ईन्टरनेट मार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तान गर्न सकिने सेवाको शुरुवात गरेको छ । जनता बैंकका कार्ड होल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नं. उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्नेछन् । यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा आफ्नो इमेल तथा मोबाईलमा छुट्टै पिन नम्बर प्राप्त गर्ने छन्, जसले गर्दा कार्ड कारोबारलाई अझै सुरक्षित बनाउने छ । सो सेवा लिनका लागि ग्राहकसंग बैंकको डेविट वा क्रेडिट कार्ड भएको हुनुपर्ने छ । यो सेवा प्रयोग गरे बापत कुनै थप शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको कुरा र्बैकले प्रेस विज्ञप्तिमा जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x