सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार २ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९७ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबारी दिन अर्थात बुधबार असार १ गतेका दिन, छापावाला सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

विहीबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x