अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ बैशाख २२ गते देखि खुल्ला, क-कसले दिन पाउँछ आवेदन ?


ज्ञानमाण्डू। अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले बैशाख २२ गते देखि आईपीओ विक्री खुल्ला गर्ने भएको छ ।कम्पनीले प्रभावित क्षेत्र अर्थात् सोलुखुम्बु जिल्लाको हालकाे साेलु दुधकुण्ड न.पा. का सम्पूर्ण बासिन्दाहरूका लागि आईपीओ विक्री गर्न लागेको हो।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता एक लाख (१,००,०००) तोकेको छ। सो कम्पनीले रु. १३ करोड ५० लाख बराबरको प्रतिकित्ता रु.१०० अङ्कित दरका १३ लाख ५० हजार कित्ता साधारण शेयरको आईपीओ विक्री गर्न लागेको हो।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) जेठ ५ रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा स्थानीयले ढिलोमा जेठ २० गते सम्म आवेदन पेस गर्न सक्नेछन्।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले एनएमबि बैङ्क, लक्ष्मी बैङ्क, ग्लोबल आइएमई बैङ्क र प्राइम कमर्सियल बैङ्कका सोलुखुम्बु शाखा कार्यालयबाट र यसका साथ-साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिऋी प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x