निफ्राले नेप्सेलाइ पेश गर्यो सत्य तथ्य, यस्तो छ स्पष्टीकरण


ज्ञानमाण्डू। हालै मात्र सञ्चार माध्यममा आएका निफ्रासँग सम्बन्धित समाचारका विषयमा नेप्सेले निफ्रासँग स्पष्टीकरण मागेको गरेको थियो ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA)लाई बुधबार चैत ४ गते नेप्सेले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सम्बन्धमा कुनै एक अनलाईन पत्रिकामा प्रकाशित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ३० मिलियन डलरको वण्ड ल्याउने, लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने शिर्षक सम्बन्धि समाचार सम्बन्धमा सत्य तथ्य के कसो भएको हो बारे स्पष्टिकरण माग गरेको थियो ।

नेप्सेले चालु आर्थिक वर्ष भित्रमानै ८.५ प्रतिशतको व्याज तोकी त्यस कम्पनीले वण्ड जारी गर्ने र सो लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुन भन्ने समाचार के कति मात्रामा सत्य हो ? निफ्राले राणनीतिक साझेदार भित्राउने विषयमा को संग के कस्तो छलफल भएको हो ? त्यस कम्पनीले बैंक तथा वित्तिय संस्थाका लागि पनि बण्ड जारी गर्ने भन्ने समाचार कति मात्रमा सत्य हो/होईन ? इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्स्योरेन्स वण्डका सम्बन्धमा के कति मात्रमा कस्तो छलफल अघि बढाएको हो ? कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्रको मुल्यमा प्रभाव पार्ने संवेदनशिल सूचना तथा जानकारी सम्बन्धित निकायमा जानकारी नआउदै के कति कारणले यस्तो प्रचार गरिएको हो ? जस्ता विषयको स्पष्टिकरण नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA)लाई पेश गर्नहुन निदेर्शन दिएको थियो ।

नेप्सेले मिति २०७७/१२/०३ गते गरेको निर्णयानुसार स्पष्टिकरण पेश गर्नहुन माग गरेको पत्र प्राप्त भएको ३(तीन) कार्यदिन भित्र सो सम्बन्धमा स्पष्टिकरण पेश गर्नहुन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA)लाई निदेर्शन दिएको थियो । सोहि अनुरुप नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पत्र प्राप्त भइ अवगत भएको जानकारी दिदै चैत ५ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सत्य तथ्य माग गरेका विषयमा स्पष्टिकरण पेश गरेको छ। 

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ३० मिलियन डलरको वण्ड ल्याउने, लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने शिर्षक सम्बन्धि समाचार सम्बन्धमा:

बैंकले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको र बैंकले आफ्ना वार्षिक प्रतिवेदनहरु र साधारण शेयर निष्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत यस अघि नै खुलस्त पारिसकेको बैंकले जानकारी दिएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाल स्टक एक्स्चेन्ज लि. मा बैंकको शेयर सूचिकरण हुनु अगावै वण्ड जारी गर्न प्रचलित व्यवस्था बमोजिम, सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने केही सहमती स्वीकृतिहरु लिईसकिएको जानकारी गराएको छ । साथै, यसलाई अन्तिम रुप दिन चाहिने थप सहमती स्वीकृतिहरु लिदै यथासक्य छिटो तोकिएको व्याजदरमा बण्ड जारी गर्ने र सम्बन्धित स्टक एक्चेन्जमा सूचिकृत गराउने गरी बैंक अघि बढिरहेको कुरा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले स्पष्ट पारेको छ।लाइ 

  • चालु आर्थिक वर्ष भित्रमानै ८.५ प्रतिशतको व्याज तोकी त्यस कम्पनीले वण्ड जारी गर्ने र सो लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुन भन्ने समाचार के कति मात्रामा सत्य हो ? 

लाभांशको सम्बन्धमा; बैंकले आफ्नो सार्वजनीक शेयर निष्काशनको क्रममा प्रकाशित गरेको विवरणपत्रमा आ.व. २०७७/७८ मा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण रहेको जानकारी दिएको छ । लाभांस वितरण सम्बन्धी निर्णय संचालक समितिको बैठक, सम्बन्धित नियमनकारी निकायहरुको स्वीकृति एवं वार्षिक साधारण सभाको निर्णय मार्फत मात्र हुने हुँदा यस विषयमा सोही अनुरुप हुने व्यहोरा बैंकले स्पष्ट पारेको छ।

  • बैंक तथा वित्तिय संस्थाका लागि पनि बण्ड जारी गर्ने भन्ने समाचार कति मात्रमा सत्य हो/होईन ? इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्स्योरेन्स वण्डका सम्बन्धमा के कति मात्रमा कस्तो छलफल अघि बढाएको हो ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले दीर्घकालिन पूर्वाधार परियोजनाहरुमा लगानी गर्न मुलतः ऋणपत्र (बण्ड डिबेञ्चर) जारी गरी स्रोत संकलन गर्ने मुख्य उद्देश्य लिएको जनाएको छ । सोही अनुरुप जारी गर्ने ऋणपत्रहरुको प्रकृती तथा लगानीकर्ताका किसिम भिन्न भिन्न हुन सक्ने हुँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले अन्य बैंक तथा वित्तीय संस्थाहरु, इन्स्योरेन्स कम्पनीहरु लगायतका संस्थागत लगानीकर्ताहरुलाई उपयुक्त हुने ऋणपत्रहरु जारी गर्ने, संस्थागत लगानीकर्ता भित्र्याउने सम्बन्धमा प्रारम्भिक अध्ययन अगाडी बढाएको जानकारी दिएको छ । साथै, यी विषयहरु बैंकले आफ्ना वार्षिक प्रतिवेदनहरु र साधारण शेयर निष्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत उल्लेख गरिसकेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x