ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक रु १० हजार दिइने

ज्ञानमाण्डू। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक रु १० हजार प्रदान गर्ने तयारी गरेको छ ।

विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेको अवस्थामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका करिब एक हजार ५०० ज्येष्ठ नागरिकलाई उक्त राहत दिने तयारी गरेको हो ।
 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले रासससँग कुरा गर्दै भने, “ज्येष्ठ नागरिकको रोगसँग लड्न प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ, उनीहरुलाई राम्रो खानपानका लागि राहतस्वरुप मासिक रु १० हजार दिने तयारी गरेको हो ।” मन्त्रालयको उक्त प्रस्तावलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पास गरेपछि काम अघि बढ्ने छ । 

मन्त्रालयले उक्त भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि पशुपति वृद्धा आश्रम, खगेन्द्र नवजीवन केन्द्र, मङ्गला सहाना पुनःस्थापना केन्द्रलागयत ठाउँमा र अपाङ्गता भएका व्यक्ति र अनाथलयमा सेनीसाइटार, मास्क, साबुनलगायत सुरक्षासँग सम्बन्धित सामग्री वितरण आवश्यक व्यवस्था मिलाएको छ । 

“रोगसँग लड्ने क्षमता ज्येष्ठ नागरिकमा कम हुन्छ, अपाङ्गता भएका व्यक्ति, सुत्केरीलाई विशेष व्यवस्था गर्न विशेष मन्त्रालयले आह्वान गरेको छ”, मन्त्री गुरुङले भने, “सम्वेदनशील व्यक्तिलाई घरमा पनि छुटै कोठामा राख्न आग्रह गर्छु, बाहिरबाट गएका व्यक्तिको सम्पर्कमै नआउन र सरसफाइमा ध्यान दिन आग्रह गर्छु ।” 

मन्त्रालयका उपसचिव भरतराज शर्माका अनुसार देशभरिका वृद्धाआश्रममा रहेका ज्येष्ठ नागरिकलाई तीन महिनाको राहत उपलब्ध गराउने तयारी भएको र सोही अनुपातमा अपाङ्गता भएका, बालगृहमा बसेका बालबालिका र मानव बेचबिखन परेकालाई राहत उपलब्ध गराउन तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । मन्त्रालयले महिला तथा बालबालिका विभाग मार्फत कोरोना हेल्थ डेक्स सञ्चालन गरिरहेको छ भने मन्त्रालयको मोबाइल टोलीले काठमाडौँ, भक्तपुर र ललितपुरमा सेवा दिइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x