टोटेनहमलाई पराजित गर्दै लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि

ज्ञानमाण्डू।इन्ग्लिश क्लब लिभरपुलले च्याम्पियन्स लिग उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा प्रिमियर लिग प्रतिद्धन्द्धि टोटेनहमलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि हात पार्न सफल बनेको हो । पछिल्लो पटक सन् २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको लिभरपुलले यो छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे ।
सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टी गोलबाट टोलीलाई अग्रता दिलाएका थिए । साडियो मानेको क्रसमा बल माउसा सिसोकोको ह्यान्ड भएपछि लिभरपुलले पेनाल्टी पाएको थियो । जसमा सलाहले सहजै गोल गरे । सलाहकै गोलबाट लिभरपुलले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो ।
लिभरपुलका लागि ओरिगीले खेल सकिन तीन मिनेट बाँकी रहँदा दोस्रो गोल गर्दै २-० को अग्रता दिलाए । रोबर्टो फिर्मिन्होको स्थानमा मैदान छिरेका ओरिगीले ८७ औं मिनेटमा लिभरपुलका लागि दोस्रो गोल गर्न सफल रहे ।

यता, पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको टोटेनहमले खेलअवधिभर बल आफ्नो पकडमा राखेपनि गोल गर्न भने सकेन । समान कारणको लागि टोटेनहम उपाधि जित्नबाट बन्चित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x