सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संध संस्था तथा व्यक्तिहरूलाई मुक्तिनाथ विकास बैंकको सहयोग | Muktinath Bikas Bank


ज्ञानमाण्डू। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संध संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।

बैंकले हालसालै विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यहरुको आयोजना तथा सोही कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको जानकारी दिएको छ । बैंकले भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सीयल लिट्रेसी’ कार्यक्रम सम्पन्न गरेको जनाएको छ । यसैगरी तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर जस्था सामाग्रीहरु वितरण गरेको बैंकले उल्लेख गरेको छ ।

यससँगै ट्राफिक सचेतनाकाको लागि वोर्ड राख्नका लागि बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि रु २५ हजारको सहयोग गरेको बैंकले जानकारी दिएको छ । यस साथै ईलाका प्रहरी कार्यलायको डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम संचालनका निमित्त बैंकले रु १०,००० को आर्थिक सहयोग गरेको बैंकले उल्लेख गरेको छ ।

बैंकले मोटरसाइकल दुर्घटनामा परी अपाङ्ग अवस्थामा भएका आँधीखोला गाँउपालिका वडा नं ०६ का पदमबहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि रु १००,००० सहयोग गरेको बैंकले बताएको छ ।

यी सहयोगहरुबाट आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास बैंकले लिएको यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x