LCD र AMOLED डिस्प्ले: परिचय र भिन्नता

प्रोसेसरको साथै डिस्प्लेको पनि स्मार्टफोनको performance मा मुख्य भूमिका हुन्छ। स्मार्टफोनको डिस्प्लेमा मुख्यतया दुई वटा प्रविधि पहिलो AMOLED र दोस्रो LCD को प्रयोग गर्ने गरिन्छ । आज हामीले यी दुई फरक प्रविधिका डिस्प्लेको बारेमा कुरा गर्ने छौ। 
 
AMOLED नामबाटै अनुमान लगाउन सकिन्छ  कि यो टेलिभिजनमा प्रयोग हुने OLED डिस्प्ले टेक्नोलोजीको परिष्कृत रूप हो। LED को अर्थ लाइट इमिटिङ डायोड हो भने O को अर्थ अर्ग्यानिक र AM को अर्थ एक्टिभ म्याट्रिक्स हो। AMOLED मा OLED डिस्प्लेका सबै सुविधाहरू हुन्छन् यसबाहेक, AMOLED डिस्प्लेमा TFT अर्थात् पातलो फिल्म ट्रान्जिस्टर पनि समावेश हुन्छ, जसले पिक्सेललाई सही दिशामा पठाउने सम्पूर्ण प्रक्रियालाई सहज बनाउँछ। एक एक्टिभ म्याट्रिक्सको सहयोगमा TFT ले विभिन्न  पिक्सेलहरू सञ्चालन गर्ने कार्यको नियन्त्रण गर्दछ। यो खालको डिस्प्लेमा ब्याक लाइट हुँदैन, यसको प्रत्येक पिक्सेलको आफ्नै ट्रान्जिस्टर हुन्छ, जसका कारण डिस्प्लेका जुन ठाउँहरूमा रङहरू चाहिन्छ, पिक्सेलहरू त्यहीको लाइट मात्र अन गर्छन्, यसले गर्दा कम ब्याट्री खपत हुन्छ।
 
LCD को कुरा गर्दा यो स्मार्टफोनमा सबैभन्दा बढी प्रयोग हुने डिस्प्ले प्रविधि हो। यसको अर्थ लिक्विड क्रिस्टल डिस्प्ले हो। LCD डिस्प्लेमा एक सेतो ब्याक लाइट हुन्छ, जुन स्क्रिन अन भए पछि निरन्तर बली रहन्छ। यसबाहेक, एलसिडी डिस्प्लेमा सक्रिय र निष्क्रिय दुवै म्याट्रिक्स दिइन्छ। कुन फोनमा कुन म्याट्रिक्स दिइन्छ, त्यो यसको आवश्यकता र मूल्यमा निर्भर गर्दछ।
 
अब यी दुई डिस्प्ले मध्ये कुन राम्रो हुन्छ भनेर जान्नु धेरै महत्त्वपूर्ण हुन्छ। यद्यपि, दुवै स्क्रिनका केही फाइदा र केही बेफाइदाहरू छन्। यी दुई स्क्रिनहरूको  विभिन्न पक्षका आधारमा मुख्य भिन्नताहरू निम्न प्रकार रहेका छन् 
 
मूल्य: दुई प्रविधिहरू बिचको पहिलो प्रमुख भिन्नता मूल्य हो। यदि तपाईँ AMOLED डिस्प्ले भएको  स्मार्टफोन किन्ने सोच्दै हुनुहुन्छ भने यो LCD डिस्प्ले भएको भन्दा महँगो हुन जान्छ, किनकि LCD डिस्प्ले भन्दा AMOLED वा OLED डिस्प्ले उत्पादन तुलनात्मक रूपमा महँगो पर्दछ।
 
रङ्ग: कुनै पनि डिस्प्लेको गुणस्तर यसको Sharpness  र रँगहरूद्वारा मापन गरिन्छ। AMOLED डिस्प्लेको रङ्गहरू natural भन्दा पनि हाम्रो आँखालाई मन पर्ने 'Vibrant' खालको हुन्छन्। तर तपाइलाई वास्तविक खालको रङ्ग मन पर्दछ भने LCD डिस्प्ले छान्न सक्नु हुन्छ।  AMOLED मा कालो रङ्ग गाढा देखिन्छ किनकि यसका पिक्सेलहरूले जुन ठाउँमा लाइट बाल्नु पर्ने हो त्यहाँ बाल्छन् अनि अन्य ठाउँमा बन्द गर्छन्, तर LCD मा प्रकाशको श्रोत एउटै back light हुन्छ जुन निरन्तर बलि रहन्छ  त्यसैले यसमा कालो रङ्ग हल्का खैरो देखिन्छ, साथै यो डिस्प्लेमा brightness पनि AMOLED भन्दा धेरै रहन्छ।  
 
ब्याट्री खपत: AMOLED को तुलनामा LCD डिस्प्लेले धेरै ब्याट्री खपत गर्दछ, किनकि यसमा प्रयोग हुने back light डिस्प्ले चल्ने बेला सम्म अन् रहन्छ। तर AMOLED डिस्प्लेमा आवश्यक भयको ठाउँ बाहेक अन्त PIXEL बन्द हुने हुनाले कम ब्याट्री प्रयोग हुन्छ।
 
समग्रमा दुवै प्रविधिका डिस्प्लेका आ आफ्नै फाइदा अनि बेफाइदा छन्।  तर पछिल्लो समयमा AMOLED डिस्प्ले धेरै प्रचलनमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x