रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स लिमिटेडले आज चाैँथाे वार्षिक साधारण सभा गर्दै


ज्ञानमाण्डू। रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स लिमिटेडले जेष्ठ २५ गते (आज) चाैँथाे वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

कम्पनीले सञ्चालक समितिको चाैँथाे वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ। त्यसका साथै, कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को लागी लेखापरीक्षक पनि नियुक्त गर्ने छ। सोही सभामा स्वतन्त्र सञ्चालकको नियुक्ति पनि अनुमोदन गर्ने छ भने संस्थापक शेयरधनी समूह "क" को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको निर्वाचनको विषयलाई पनि दर्साउने छ।

त्यस्तै कम्पनीले पुँजी वृद्धि र हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x