आजसम्म कायम शेयरधनीले ईमर्जिङ्ग नेपालको साधारण सभामा भाग लिन पाउने

ईमर्जिङ्ग नेपाल लिमिटेडले यही पौष २८ गते बिहीबारको दिन ७ औँ वार्षिक साधारण सभा गर्ने भएको छ।कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष १३ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १२ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा बानेश्वर ब्याङ्क्वेट थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ वार्षिक प्रतिवेदन उपर छलफल गरी र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

यस कम्पनीको सहायक कम्पनी "हाेटल एलिस द वाेण्डर इन लि." को आ.व २०७८/०७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पनि सोही सभाले स्वीकृत गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x