श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको साधारण सभामा आजसम्म कायम शेयरधनीले भाग लिन पाउने

श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले यही पौष २९ गते शुक्रबारकाे दिन छैटौँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष १४ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १३ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा कुण्डलिनी दरबार ब्याङ्क्वेट प्रा.लि. चण्डाेल, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने छैटौँ वार्षिक प्रतिवेदन छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

साथै थप बैङ्क कर्जा सुविधा लिने तथा कर्जा सम्झौता गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x