धितोपत्र बजारमा ३.०३ अङ्कको गिरावट, नेप्से २०६१.०६ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ०३ अंकले घटेर २०६१ दशमलव ०६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ३९ अंकले घटेर ३९४ दशमलव ६२ को विन्दुमा पुगेको छ ।




आज कूल २५७ कम्पनीहरूका ८२ लाख २२ हजार ८३३ कित्ता शेयर रु. ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूह मध्य होटल तथा पर्यटन उपसमूह ७७ दशमलव १३ अङ्कले, लघुवित्त उपसमूह १११.३४ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ०५ अङ्कले र ट्रेडिङ उपसमूह ६४ दशमलव ०२ अङ्कले बढेका छन् । यता, बैंकिङ उपसमूह ३ दशमलव ३८ अङ्कले घट्दा विकास बैंक उपसमूह १९ दशमलव ५४ अङ्कले, वित्त उपसमूह २२ दशमलव ४६ अङ्कले, जलविद्युत उपसमूह ६.३६ अङ्कले, लगानी उपसमूह शुन्य दशमलव ३५ अङ्कले, जीवन बीमा उपसमूह १२१.६१ अङ्कले, उत्पादन उपसमूह ३३.४९ अङ्कले, निर्जीवन बीमा २२.३४ अङ्कले र अन्य उपसमूह २६.८४ अङ्कले घटेकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x