
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव ०४ अङ्कले घटेर २१४९ दशमलव ३९ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव ८९ अङ्कले घटेर ४११ दशमलव २५ को विन्दुमा पुगेको छ ।
आज कूल २५२ कम्पनीहरूका १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता शेयर रु. ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य ट्रेडिङ उपसमूह १५ दशमलव ८७ अङ्कले बढेको छ । यता, बैङ्किङ उपसमूह १५ दशमलव ०४ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ९१ दशमलव ७९ अङ्कले, वित्त उपसमूह ६८ दशमलव २० अङ्कले, होटेल तथा पर्यटन उपसमूह ८५.९९ अङ्कले, जलविद्युत उपसमूह ५८.२२ अङ्कले, लगानी उपसमूह २.१२ अङ्कले, जीवन बिमा उपसमूह ३०९.५६ अङ्कले, उत्पादन उपसमूह १३७.९५ अङ्कले, लघुवित्त उपसमूह ९३.३२ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ११ अङ्कले, निर्जीवन बिमा २३३.८१ अङ्कले र अन्य उपसमूह २२.५८ अङ्कले घटेको छ ।
 
धितोपत्र बजारमा ४१.०४ अङ्कको गिरावट, नेप्से २१४९.३९ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    