स्माटच्वाईस टेक्नोलोजीज र प्रभु बैङ्कबिच फास्ट बैंकिङ्ग सेवा सञ्चालनको लागि सम्झौता

नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजीज लिमिटेड (SCT) तथा  ‘क’ वर्गको वाणिज्य बैङ्क प्रभु बैङ्कबिच फास्ट बैंकिङ्ग सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । फास्ट बैंकिङ्ग नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्किएका समस्याहरूलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण भएको अाेम्नी च्यानल सोलुसन हो । 

सो सम्झौता पश्चात् प्रभु बैङ्कका ग्राहकहरूले फास्ट बैंकिङ्गको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । साथै, खुल्ला एपीआई (Open API) मार्फत बैङ्कका थप सेवाहरूलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिन्छ र फास्ट बैंकिङ्गले बैङ्कको शाखाहरूमा हुने ग्राहकहरूको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैङ्क दुवैको समय र खर्च बृहत् रूपमा घटाउन सकिने कम्पनीले जनाएको छ ।

स्मार्टच्वाईस टेक्नोलोजीज र प्रभु बैङ्कबिच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरेको सो  कम्पनीले बताएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजीज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र प्रभु बैङ्कका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मि पन्तले हस्ताक्षर गर्नुभएको पनि कम्पनीले बताएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x