प्रथम पटक प्रकाशित मिति: २०७९ /११/०२
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको एक प्रतिष्ठित लघुवित्त वित्तीय संस्था हो । देशका २९ जिल्लामा ९९ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त वित्तीय सेवा प्रदान गरिरहेको यस वित्तीय संस्थालाई तपशिलमा उल्लिखित पदमा खुल्ला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले ग्रामीण क्षेत्र तथा विपन्न वर्गमा काम गर्न ईच्छुक, उत्साही, जुझारु तथा परिणाममुखी नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ । आफ्नो दरखास्त फारामका साथ हालसालै खिचेको पासपोर्ट साइजको (रंगीन) फोटो २ प्रति, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि व्यक्तिगत विवरणका साथमा निवेदन समावेश गरी मिति २०७९/११/१६ गते मंगलबारसम्म कार्यालय समयभित्र निवेदन पेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
- उमेर : दरखास्त लिइने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाको हकमा उमेरको हद उल्लिखित उमेरमा पाँच बर्ष थप हुनेछ ।
- परिक्षाको किसिम : अन्तरवार्ता ।
- छनौट विधिः तोकिएको म्यादभित्र प्राप्त दरखास्तहरु मध्येबाट छोटो सुची ( Short List) तयार गरिनेछ र छोटो सूचीमा परेका उम्मेदवारहरुलाई अन्तरवार्ताको लागि फोन वा इमेल मार्फत जानकारी गराईने छ । छनौट भएका उम्मेदवारलाई संस्थाका कुनै पनि शाखा कार्यालयमा खटाउन सकिनेछ । कर्मचारी आवश्यकताको विज्ञापन सम्वन्धी कार्यक्रम स्थगन तथा रद्द गर्न सक्ने सम्मको अधिकार संस्थामा निहित रहनेछ । रीत नपुगेको अथवा म्याद नाघी प्राप्त भएको आवेदन उपर कुनै कारवाही हुनेछैन ।
- सेवा सुविधा संस्थाको नियमानुसार हुनेछ ।
- दरखास्त फारम पाइने र बुझाउने स्थान: उल्लिखित मितिभित्रमा संस्थाको केन्द्रीय कार्यालय बुटवल-११, कालिकानगर, रुपन्देही फोन नं: ०७१-४३८१५७/०७१-४३८१५८ / ०७१-४३८१५९ तथा संस्थाको वेबसाइट www.jalpamf.com बाट फाराम प्राप्त गरी फाराम अनुसारको विवरण भरी केन्द्रीय कार्यालय वा संस्थाको इमेल [email protected] मा पठाउन सकिन्छ ।
Click here to join viber community for all Vacancy Updates.
 
         
             
     
    
 
     
                                 
     
     
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                     
                                                                                                                     
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            