मनकामना स्मार्ट लघुवित्तले विभिन्न पदका लागी कर्मचारीहरू माग्याे, याेग्यता SLC/SEE पास

Click here to join Gyanmandu.com's Viber Community

ज्ञानमाण्डू। यस मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लागि देहायका पद खुल्ला प्रतिष्प्रर्धाबाट पूर्ति गर्नुपर्ने भएकोले ईच्छुक योग्य नेपाली नागरिकहरुले आफुले आवेदन दिन चाहेको पद र विज्ञापन नं उल्लेख गरी यो सुचना प्रकाशित मितिले १५ (पन्ध) दिनभित्र कार्यालय समयमा यस संस्थाको केन्द्रीय कार्यालयमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो, आफ्नो ईमेल ठेगाना र सम्पर्क फोन नं सहितको वायोडाटा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, अनुभव तथा तालिमको प्रमाणपत्रको प्रतिलिपी सहित आवेदन दिन अनुरोध गरिन्छ।

१. विज्ञापन नं : ०१/०७५/०८०
पद/संख्या : कनिष्ठ अधिकृत - (शाखा प्रबन्धक / अनुगमन अधिकृत) केहि
शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको । बैंक वित्तीय संस्थामा कम्तीमा ५ वर्षको कार्य अनुभव भई २ वर्ष बरिष्ठ सहायक /शाखा प्रबन्धकको रुपमा काम गरेको ।

२. विज्ञापन नं : ०२/०७५/०८०
पद/संख्या : वरिष्ठ सहायक (शाखा प्रवन्धक) - केही
शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थावाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको लघुवित्त संस्थामा कम्तीमा ३ वर्षको कार्य अनुभव भई एक वर्ष सहायक शाखा प्रमुखको रुपमा काम गरेको।

३. विज्ञापन नं : ०३/०७४/०८०
पद/संख्या : सहायक (लेखा सहायक/शाखा प्रबन्धक) - केही
शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थावाट कम्तीमा एस.एल.सी एस.ई.ई.परीक्षा उत्तीर्ण गरेको । लघुवित्त क्षेत्रमा २
वर्षको कार्य अनुभव।

Click here to join Gyanmandu.com's Viber Community

४. विज्ञापन नं: ०४/०७४/०८०
पद/संख्या : कनिष्ठ सहायक/कनिष्ठ सहायक (तालिमे) - केही
शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थावाट कम्तीमा एस.एल.सीरएस.ई.ई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको । कनिष्ठ सहायकको लागि लघुवित्त क्षेत्रमा कम्तिमा ६ महिनाको अनुभव र तालिमे कनिष्ठ सहायकका लागि लघुवित्त सम्बन्धि ज्ञान भएको।

थप जानकारी:

१. उपरोक्त सवै पदको तलव तथा सुविधा संस्थाको नियमानुसार हुनेछ ।

२. उमेरको हकमा अधिकृत स्तरमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र अन्य पदको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला उम्मेदवारको हकमा उमेरको माथिल्लो हद ४० वर्ष कायम रहने छ । ३. सबै पदहरुमा कम्प्युटर सम्बन्धि सामान्य ज्ञान अनिवार्य छ।
४. दरखास्त दस्तुर अधिकृत स्तरको पदको लागि रु.७००र सहायक स्तरको पदको लागि रु.५०० तोकिएको छ।
५. दरखास्त दस्तुर यस संस्थाको नाममा रहेको एनआइसी एसिया बैंकको भैरहवा स्थित शाखामा रहेको खाता नं. ०६१४१५००१६५२५००१ वा केन्द्रीय कार्यालयमा नगदै जम्मा गरेको भौचर समावेश गर्नुपर्नेछ । ६. दरखास्त फारम यस संस्थाको वेभसाईट manakamanalbs.com बाट डाउनलोड गरी भर्न सकिनेछ।
७ नेपाल बाहिरको शिक्षण संस्थावाट प्राप्त शैक्षिक योग्यताको हकमा समकक्ष निर्धारणको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ।

Click here to join Gyanmandu.com's Viber Community

८. आवश्यक कागजात संलग्न नभएको वा रीत पूर्वक नभरिएको आवेदन रद्द गरिनेछ । उपरोक्त सवै पदहरुको लिखित तथा अन्तरवार्ता परीक्षाका लागि केन्द्रीय कार्यालयको सूचनापाटीमा र संस्थाको वेभसाइटमा सूचना राखिने छ।
९. आवेदन पेश गर्ने ई-मेल : [email protected] वा यस संस्थाको केन्द्रीय कार्यालय सिद्धार्थनगर ५, भैरहवा रुपन्देही। 
१०. छनौट सम्बन्धि सम्पूर्ण अधिकार संस्थामा निहित हुनेछ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड  

सिद्धार्थनगर -५, मैत्रीपथ, भैरहवा - रुपन्देही, फोन नं. : ०७१-५८७३१६, ५८७३१७

 इमेल: [email protected], 

वेबसाइट: www.manakamanalbs.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x