प्रुडेन्सियल इन्स्योरेन्सले आज वार्षिक साधारण सभा गर्दै



प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले यही चैत्र १६ गते (आज) २१ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा दियालो लर्डस प्लाजा, वीरगन्ज, पर्सा, नेपालमा दिनको १२:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७७/०७८ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७७/०७८ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ३.३२५ प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस शेयर र रु. २० लाख ७५ हजार ७५३ रुपैयाँ ४३ पैसा नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र ०३ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा चैत्र ०२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x