आज सम्म कायम शेयरधनीले जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडकाे साधारण सभामा भाग लिन पाउने


ज्ञानमाण्डू। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यहि जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा जेठ ११ गतेसम्म (आज सम्म) कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा बुटवल-८, सुख्खानगर, रुपन्देहीकाे अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट प्रा.लि.मा बिहान ११:०० देखि आरम्भ हुने जानकारी दिएको छ। सभाले आर्थिक वर्ष (आ.व. ) २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि बाह्य लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने छ।

सोही सभाबाट सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने र त्यसका साथै वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने छ ।

अन्य प्रस्तावमा वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्थाहरुसंग गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ति गर्ने प्रयोजनका निम्ति सम्पूर्ण प्रक्रियागत प्रकृयाहरू गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सोही सभाले पारित गर्ने र प्रवन्धपत्र र नियमावलीमा गरिएको संशोधन सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x