माछापुच्छ्रे बैंकका ग्राहकले टि.भि तथा World Link इन्टरनेट प्याकेज Easy EMI मा पाउने



ज्ञानमाण्डू। यस माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई EMI सुविधामा टि.भि तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा माछापुच्छ्रे बैंक लि., NITV Streamz Private Limited र Worldlink Communication Ltd. बीच त्रिपक्षिय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा NITV Streamz Private Limited र Worldlink Communication Ltd. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा माछापुच्छ्रे बैेंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त सम्झौता बमोजिम साे बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको Instapay सुविधा मार्फत टि.भि तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज EMI मा लिन सक्ने ब्यवस्था रहेको छ । आउदो दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी NITV Streamz Private Limited र Worldlink Communication Ltd. ले संचालन गरेको FESTVTY offer मा ग्राहकले करीव ५६% सम्मको छुट पाउन सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा Instapay बाट उपभोग गर्न सक्नेछन् । बैंकको के्रडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा Worldlink Communication Ltd.NITV Streamz Private Limited को नेपाल स्थित सबै कार्यालयहरु मार्फत उपलब्ध गराउने बैंकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x