महालक्ष्मी विकास बैंकको दुई नयाँ शाखा

ज्ञानमाण्डू। महालक्ष्मी विकास बैंकले २ नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा नं ३, झम्सिखेल तथा काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं १०, शंखमुलमा नयाँ शाखा विस्तार गरेको हो । बैकिङ्ग सेवाको पहुँच देशभर पु-याउने उद्देश्य अनुरुप शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।
हालसम्म बैंकले ९५ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x