वैशाख महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ३२ अर्ब अधिक, कसको कति ?



नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको चालू आर्थिक वर्ष २०७९/०८० वैशाख महिनासम्मको विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले रु. ३२ अर्ब ६८ करोड   रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् भने सो अवधिको वैशाख महिनामा मात्र रु. २ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले देखाउँछ।


चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा सर्वाधिक कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्सकाे प्रभुत्व :
कुल १५ वटा निर्जीवन बीमा कम्पनीहरू मध्य शिखर इन्स्योरेन्सले रु. ४ अर्ब ४२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यसतै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रु. ३ अर्ब ७३ करोड, सिद्धार्थ प्रिमियरले सर्वाधिक रु. ३ अर्ब ६४ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले रु. २ अर्ब ४९ करोड, नेको इन्स्योरेन्सले रु. २ अर्ब ४५ करोड, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ०२ करोड, एनएलजी इन्स्याेरेन्सले रु. १ अर्ब ९८ करोड, सानिमा जिआईसी इन्स्याेरेन्सले १ अर्ब ८२ करोड, अजोड इन्स्याेरेन्सले रु. १ अर्ब ७१ करोड बीमा शुल्क सङ्कलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

मर्जर अघि आइएमई जनरल इन्स्याेरेन्सले रु. १ अर्ब ५१ करोड र प्रुडेन्सियल इन्स्याेरेन्सले १ अर्ब १५ करोड बीमा शुल्क आर्जन गर्न सफल भएका छन् भने आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड र प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेड मर्जर भई बनेको आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडले २ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसतै, नेपाल इन्स्योरेन्सले रु. १ अर्ब २७ करोड १७ लाख,  प्रभु इन्स्योरेन्सले रु. १ अर्ब २७ करोड १० लाख, दि. ओरिएन्टल इन्स्योरेन्सले रु. १ अर्ब १६ करोड, युनाइटेड इन्स्याेरेन्स कम्पनी (नेपाल)ले १ अर्ब १५ करोड र नेशनल इन्स्योरेन्सले रु. ८२ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x