श्रावण महिनामा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन झन्डै ४ अर्ब, कसको कति ?



नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको चालू आर्थिक वर्ष २०८०/०८१ श्रावण महिनाको विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको श्रावण महिनामा निर्जीवन बीमा कम्पनीहरूले रु. ३ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आर्थिक वर्षको श्रावण महिनामा सर्वाधिक कुल बीमा शुल्क आर्जनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सकाे प्रभुत्व :

कुल १४ वटा निर्जीवन बीमा कम्पनीहरू मध्य सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रु. ५५ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले रु. ४२ करोड ५० लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले रु. ३४ करोड ३७ लाख, शिखर इन्स्योरेन्सले ३३ करोड ६८ लाख, आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडले ३० करोड ४० लाख, राष्ट्रिय बीमा कम्पनीले रु. २९ करोड ४४ लाख, युनाइटेड अजोड इन्स्याेरेन्सले रु. २६ करोड ४६ लाख बीमा शुल्क सङ्कलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले रु. २५ करोड ६ लाख, नेको इन्स्योरेन्सले रु. २४ करोड ९८ लाख, एनएलजी इन्स्याेरेन्सले रु. २४ करोड ८ लाख,  दि. ओरिएन्टल इन्स्योरेन्सले रु. २० करोड ७२ लाख, नेशनल इन्स्योरेन्सले रु. १९ करोड ६० लाख, सानिमा जिआईसी इन्स्याेरेन्सले १७ करोड ८८ लाख र नेपाल इन्स्योरेन्सले रु. १४ करोड १९ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x