सगरमाथा इन्स्योरेन्स कम्पनीकाे साधारण सभा वैशाख २८ गते


ज्ञानमाण्डू। सगरमाथा इन्स्योरेन्स कम्पनीले वैशाख २८ गते (आज) २५ औँ वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा काठमाण्डाैँकाे लैनचाैर बैङक्वेटमा बिहान १०:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि बैशाख १६ गते देखि २८ गते बाह्र दिनका लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा बैशाख १५ गतेसम्मका कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणलाई छुट्टाईएको २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश  वितरण गर्ने विशेष प्रस्ताव साधारण सभाकाे बैंठकले पारित गर्नेछ ।

साथै, यस कम्पनी र अन्य कुनै निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र कम्पनीको अधिकृत पूँजी वृद्धि गरेर ५ अर्ब पुर्‍याउने लगायतका प्रस्तावहरु पनि बैंठकले पारित गर्नेछ ।

त्यस्तै आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७७/०७८ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि सोही सभाले गर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x