नेप्सेमा दुई कम्पनीहरूको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असार १२ गते मङ्गलवारका दिन महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा मङ्गलवार महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ४ लाख ०२ हजार ०९१.४५२ कित्ता र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ५ लाख १४ हजार ११६.२९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को नाफाबाट महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १४.२५ प्रतिशत र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेका थिए । उक्त कम्पनीहरूको सोही बोनस शेयर नेप्सेमा मङ्गलवार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x